२०८२ माघ १२ गते सोमवार
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । उनले आज (बुधबार) दिउँसो ३ बजे तेस्रोपटक विश्वासको मत लिने भएका हुन् ।
सोही प्रयोजनका लागि उक्त प्रदेश सभाको बैठक आह्वान गरिएको छ । यसअघि हिजो (मंगलबार) मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम थियो ।
तर, गठबन्धन दल एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने बताएपछि प्रदेशसभाको बैठक आजसम्मका लागि सारिएको हो ।
गठबन्धनमा रहेका दल नेकपा (माओवादी केन्द्र)का १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ सदस्य छन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।
यद्यपि एमालेले अझैँ पनि असन्तुष्टि देखाएको छ । उसले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने वा नदिनेबारे केही बेरमा छलफल गर्ने बताएको छ । पार्टीका अधिकांश सांसदले मत नदिने मनसाय गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij