२०८२ माघ १२ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दुरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आजको संसद् बैठकमा उनले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गरे ।
नेकपा (माओवादी केन्द्र)का सांसद रामकुमार राईले देशभर ३२ हजारको सङ्ख्यामा कैदीबन्दीहरु उल्लेख गर्दै खुल्ला कारागारको नीति ल्याएर सुधार गर्नुपर्ने धारणा राखे ।
जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले विभिन्न घटनाका सम्बन्धमा गठित छानबिन समितिहरुले प्रभावकारी ढङ्गले काम गर्न नसकेको भन्दै सरकारले लगानी गरेर बनाएको छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
जनमत पार्टीका सांसद गोमा लाभ (सापकोटा)ले देशका अधिकांक कारागाराको अवस्था नाजुक रहेको भन्दै सबै कारागारको अनुगमन गरी आवश्कताभन्दा बढी कैदीबन्दीलाई एकै ठाउँमा नराख्न सरकारको ध्यानाकर्षण गराए ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले नेपालको विकास, आर्थिक अवस्था सुधार गर्न नोटबन्दी गरी नयाँ नोट प्रचलनमा ल्याउन आवश्यक रहेको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij