Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

विवाद

नाउपा पति–पत्नीको कलह बाहिरियो : बैठकमै कुटाकुट, नेताहरूको भागाभाग 

नाउपा पति–पत्नीको कलह बाहिरियो : बैठकमै कुटाकुट, नेताहरूको भागाभाग 


  • 7.8K
    Shares

    नाउपा पति–पत्नीको कलह बाहिरियो : बैठकमै कुटाकुट, नेताहरूको भागाभाग 

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक अध्यक्ष रेशम चौधरी (पति) र अध्यक्ष रञ्जीता श्रेष्ठ (पत्नी) समूहबीच कुटाकुट भएको छ । 

    आज (सोमबार) काठमाडौं अनामनगरमा बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा पति–पत्नी समूहबीच कुटाकुट भएको हो । 

    एमाले–माओवादी सत्ता गठबन्धन बनेसँगै नाउपा पति–पत्नी समूहबीच विवाद बल्झिएको थियो । क्रमशः भुसको आगोजस्तै भित्रभित्रै सल्किँदै गएको नाउपा विवाद अन्ततः बाहिरिएको छ ।  

    सुदूरपश्चिममा कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने रेशम र दिनुहुँदैन भन्ने रञ्जीता समूहबीच भएको विवादका कारण बैठकमै नेताहरूबीच कुटाकुट भएको स्रोत बतायो । 

    बैठकमा दुई समूहबीच कुटाकुट भएपछि रञ्जीता समूह बैठक छोडेर भागेको छ । 

    प्रकाशित मिति :चैत्र १९ २०८० सोमवार - १४:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij