२०८२ माघ १२ गते सोमवार
काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । सत्तासाझेदार दलहरुबीच नेकपा (एकीकृत समाजवादी)लाई एक कार्यकाल मुख्यमन्त्री दिने सहमति भएको हो ।
उक्त सहमति भएसँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ । आइतबार बसेको बैठकले सरकारको नेतृत्व आलोपालो नभए विश्वासको मत नदिने उसले अडान लिएको थियो ।
त्यसपछि प्रदेश सरकार अप्ठ्यारोमा पर्ने सम्भावना देखा परेपछि सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका नेताहरुबीच भएको छलफलमा मुख्यमन्त्रीको एक कार्यकाल सत्तासाझेदार दल एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।
यसअघि केन्द्रमा कांग्रेस–माओवादी सत्ता गठबन्धन हुँदा पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा र माधव नेपालबीच प्रधानमन्त्रीमा कार्यकाल बाँडफाँड गरिएको थियो । नयाँ गठबन्धन बनेसँगै प्रचण्ड, केपी शर्मा ओली र नेपालबीच प्रधानमन्त्री कार्यकाल बाँडफाँड गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij