Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राजनीति

विप्लव नेतृत्वको समाजवादी मोर्चाको बृहत् छलफल भोलि, एमाले सहभागी होला ? 

विप्लव नेतृत्वको समाजवादी मोर्चाको बृहत् छलफल भोलि, एमाले सहभागी होला ? 


  • 3.0K
    Shares

    विप्लव नेतृत्वको समाजवादी मोर्चाको बृहत् छलफल भोलि, एमाले सहभागी होला ? 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समाजवादी मोर्चाले बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । 

    उसले भोलि (मंगलबार) दिउँसो १ बजे राष्ट्रिय सभागृह भृकुटी मण्डप काठमाडौंमा अन्तरक्रिया गर्ने भएको हो । 

    मोर्चामा संलग्न नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाले बृहत् अन्तरक्रिया गर्ने संयोजक विप्लवले बताए । 

    उनका उनुसार, ‘भोलिको बृहत् कार्यक्रममा एमालेसहित मोर्चामा संलग्न दलहरू सहभागी हुनेछन् भने समाजवाद निर्माणबारे अन्तरक्रिया नै कार्यक्रमको लक्ष्य हो ।’ 

    यसअघि चैत ३ गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम कांग्रेस–माओवादी सत्ता समीकरण बदलिएपछि स्थगित भएको थियो । 

    प्रकाशित मिति :चैत्र १९ २०८० सोमवार - १२:०२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij