Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रदेश सरकार

बागमती सरकार विश्वासको मत लिँदै, एकीकृत समाजवादीले फ्लोरक्रस गर्ने सम्भावना कति ? 

बागमती सरकार विश्वासको मत लिँदै, एकीकृत समाजवादीले फ्लोरक्रस गर्ने सम्भावना कति ? 


  • 2.4K
    Shares

    बागमती सरकार विश्वासको मत लिँदै, एकीकृत समाजवादीले फ्लोरक्रस गर्ने सम्भावना कति ? 

    काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेले विश्वासको मत लिने भएका छन् । आज (सोमबार) दिउँसो १ बजे उक्त प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

    नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएका हुन् ।

    सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार मुख्यमन्त्री जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ । 

    मुख्यमन्त्रीको दल नेकपा (माओवादी केन्द्र)का सचेतक रत्नप्रसाद ढकालले गत शुक्रबार नै जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभाको सचिवालयमा दर्ता गराएका थिए । 

    १ सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ । बागमतीमा नेकपा (एमाले)को २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

    नेकपा (एकीकृत समाजवादी)ले बागमती वा कोशीमा मुख्यमन्त्री पाउनुपर्ने माग गरेको छ । कोशीमा एकीकृत समाजवादीको ४ सीट छ भने बागमतीमा छ । 

    यद्यपि बागमती प्रदेशमा सत्तारूढ दलहरुबीच मन्त्रालय बाँडफाँडबारे आन्तरिक विवाद भए पनि मुख्यमन्त्रीले विश्वासको मत लिँदा एकीकृत समाजवादीले फ्लोरक्रस नगर्ने स्पष्ट पारेको छ । 

    प्रकाशित मिति :चैत्र १९ २०८० सोमवार - १०:१०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij