Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते

बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते


  • 2.5K
    Shares

    बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते

    काठमाडौँ । काभ्रेको बनेपामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

    साेमबार बिहान साढे १० बजे बनेपा नगरपालिका१२ बाँसडोल थुम्कामा बा २ ख ९४५६ नम्बरको बस दुर्घटनामा परेको हो। 

    बाँसडोलबाट बनेपा तर्फ आउँदै गरेको बस आफैँ अनियन्त्रित भई स्थानीय शिवप्रसाद ज्ञावलीको साढे दुई तल्ले पक्की घरको गेटमा ठक्कर खाएको प्रहरीले जनाएको छ। 

    दुर्घटनामा परेको बसमा ३० जना सवार थिए। जसमध्ये १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।घाइतेलाई शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ। दुर्घटनामा परेको बसका चालक पनि घाइते छन्।
    यी हुन् घाइते

    १) बस चालक जिल्ला  सि.पा. बाह्रबिसे न.पा. २ बस्ने बर्ष २५ को मिलन सापकोटा अनुहारमा चोट अवस्था मध्यम रहेको। 
    २) जि. काभ्रे बनेपा न.पा. १२ बासडोल बस्ने बर्ष २२ की सविता थापा माथिको आगाडिपटिको २ वटा दाँत भाच्चिएको अवस्था मध्यम। 
    ३) जि. काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६१ की देवकी राउत टाउकोमा चोट अवस्था  मध्यम रहेको।
    ४) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ३६ की अनिता कार्की टाउकोमा चोट अवस्था  मध्यम रहेको।
    ५) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष३९ की मिनु कार्की  दाया खुट्टामा चोट अवस्था  सामान्य।
    ६) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने  बर्ष ३९ की प्रिया भुजेल  अनुहार र कम्भरमा चोट मध्यम रहेको।
    ७)जि. काभ्रे बनेपा न.पा. १२बस्ने बर्ष २४ की रिता भुजेल बाया खुट्टामा चोट अवस्था  सामान्य।
    ८) जि. काभ्रे बनेपा न.पा. १२. निजको छोरी  ११ महिना की बिन्दा भुजेल टाउकोमा चोट अवस्था मध्यम रहेको।
    ९) जि. काभ्रे बनेपा न.पा. १२. बस्ने बर्ष ४५ की सुशिला भुजेल दाया खुट्टामा चोट सामान्य।
    १०. सहचालक जि.सि.पा. सुनकोशि गा.पा. ३ बस्ने बर्ष १९ को महेश थापा मगर निधारमा सामान्य चोट ।
     ११.जि. भक्तपुर  भ.न.पा. ८ बस्ने बर्ष २४ की रुबिना राउत बाया खुट्टा फ्याक्चर अवस्था मध्यम रहेको।
     १२. जि.काभ्रे बनेपा न.पा. १२ बस्ने बर्ष ६५ को अचुत प्रसाद वाग्ले दाया आँखा माथि चोट अवस्था सामान्य।

    प्रकाशित मिति :चैत्र १२ २०८० सोमवार - १२:२४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij