Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम


  • 2.7K
    Shares

    ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । 

    जस अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरू र त्यहाँबाट गरिने कार्यहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । 

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - १२:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij