Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम


  • 3.1K
    Shares

    ग्लोबल मनी विकः कामना सेवा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

    काठमाडौँ । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने अर्गनाइजेशन अफ इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्टको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । 

    जस अन्तर्गत कामना सेवा विकास बैंकले विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरू भ्रमण गराएको छ । बैंकका विभिन्न शाखा तथा विभागहरू र त्यहाँबाट गरिने कार्यहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी गराइएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गर्दै आएको छ । 

    प्रकाशित मिति :चैत्र ९ २०८० शुक्रवार - १२:०२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij