Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौँमा उकुसमुकुस भएपछि प्रचण्ड हान्निए सिन्धुली, तनावमुक्त हुन के-के गर्दैछन् ?

काठमाडौँमा उकुसमुकुस भएपछि प्रचण्ड हान्निए सिन्धुली, तनावमुक्त हुन के-के गर्दैछन् ?


  • 6.8K
    Shares

    काठमाडौँमा उकुसमुकुस भएपछि प्रचण्ड हान्निए सिन्धुली, तनावमुक्त हुन के-के गर्दैछन् ?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘रि–फ्रेस’ हुन सिन्धुलीतिर लागेका छन् । उनी केहीबेरअघि सिन्धुलीतर्फ हिडेका छन् ।

    औपचारिक कुनै कार्यक्रम नभएपनि प्रचण्ड सिन्धुलीतिर लागेका हुन् । काठमाडौंमा तनाव हुँदा कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।

    सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम नभएपनि ‘रि–फ्रेस’ हुन मात्र प्रचण्ड सिन्धुली हिडेको उनको सचिवालय स्रोतले बताएको छ ।

    माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए । उनले भने, ‘भोलि कार्यकर्ता भेटघाट छ ।’

    सिन्धुली पुगेर प्रचण्ड नेता गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको छ ।

    भोलि बिहान सिन्धुलीको रातमाटामा रहेको एक पार्टी प्यालेसमा बिहान ८ बजे कार्यकर्ता भेटघाट राखिएको सिन्धुली अध्यक्ष राजन दाहालले फेसबुकमा जानकारी गराएका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०७७ बुधवार - १४:३०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij