Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मलेसियाले ल्यायो विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम

मलेसियाले ल्यायो विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम


  • 4.3K
    Shares

    मलेसियाले ल्यायो विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम

    काठमाडौँ । मलेसियाले अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकलाई १८ फागुन २०८० देखि १६ पुस २०८१ सम्म घर फिर्ती कार्यक्रम गर्न लागेको हो । माइग्रेसन प्रिपरेशन प्रोग्राम अन्तर्गत बढीमा ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागू गरेको हो ।

    उक्त मौकाका फाइदा उठाउन मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । उक्त कार्यक्रम अन्तर्गत मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा ५०० मलेसियन रिङ्गिट जरिवाना र भिषाको नियम उल्लंघन गरी मलेसियामा बसेकाहरूको हकमा ३०० मलेसियन रिङ्गिट जरिवाना तिर्नुपर्नेछ । 

    अवैधानिक रूपमा मलेसिया बस्दै आई घर फर्कन चाहने विदेशी नागरिकको सहरीकरणका लागि अध्यागमन विभागले कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी दिएको छैन । यसका लागि घर फर्कन चाहने नेपालीले स्वयं उक्त कार्यक्रममा  आबद्ध हुने प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूतावासले जनाएको छ ।

    वैधानिक कागजात नभएता पनि जरिवाना रकम तिरेर सहज रूपमा घर फर्कन पाउने दूतावासले एक सूचना जारी गर्दै जानकारी दिएको छ । त्यसका लागि वैध राहदानी वा यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) को लागि नेपाली राजदूतावासमा आवेदन दिनुपर्नेछ । निवेदन दिने दिनदेखि १४ दिनभित्रमा नेपाल फर्कने एकतर्फी हवाई टिकको व्यवस्था गर्नुपर्ने दूतावासले जनाएको छ । मलेसियाको अध्यागमन विभागलाई जरिवाना रकम क्यासमा तिर्न नमिल्ने, डेबिट कार्ड वा क्रेडिट कार्डबाट तिर्न सकिने अथवा ‘टज एन गो ई वालेट’ मार्फत पिन नम्बर लिई तिर्न सकिने दूतावासले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - ०५:५२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij