२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । संसदीय सुनुवाइ समितिले संवैधानिक आयोगमा रिक्त पदमा नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले उक्त निर्देशन दिएको हो।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएकोमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली उपस्थित थिए ।
बैठकमा आफ्ना धारणा राख्ने क्रममा मन्त्री ज्ञवालीले संवैधानिक परिषद्को बैठकमा कोरम नपुगेकाले नियुक्ति गर्न नपाएको बताएका थिए।
निर्देशन दिने क्रममा समितिका सभापति लक्ष्मणलाल कर्णले कोरम पुर्याउने जिम्मा आफूहरुको नभएको र जसको जिम्मा हो उसैले पुर्याउनुपर्ने बताएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij