२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेपाल आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला गोरखा र मनाङ जाने भएका छन् ।
भारतीय सहयोगमा बनेका निजी घर, विद्यालय र गुम्बा पुनर्निर्माणको उद्घाटन गर्न श्रींगला गोरखा र मनाङ जान लागेका हुन् ।
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रींगलाले शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम रहेको बताए ।
‘गोरखामा ५० हजार घर बनाउने प्रधानमन्त्री मोदीको प्रतिवद्धता थियो। जसअनुसार ४६ हजार घर बनिसकेको छ,’ उनले भने, ‘तीन वटा विद्यालय पुनर्निर्माण भएको छ । त्यो उद्घाटन गर्ने कार्यक्रम छ ।’
भूकम्पले भत्काएका निजी घर र विद्यालय भवन भारतीय सहयोगमा निर्माण भएका थिए । यस्तै, उनी मनाङ पनि जाँदैछन् । भूकम्पले भत्काएको गुम्बा भारतीय सहयोगमा मनाङमा पुनर्निर्माण गरिएको थियो ।
उक्त गुम्बा उद्घाटनका लागि उनी मनाङ जान लागेका हुन् । विदेश सचिव श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij