२०८२ भाद्र ४ गते बुधवार
बर्दिबास घटनाका दुबै मृतकका परिवारलाई बर्दिबास नगरपालिकाले जनही दुई लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ।
नगरप्रमुख विदुर कार्कीले एक विज्ञप्ति जारी गर्दै बालत्कारपश्चात हत्या भएकी ६ वर्षीया बालिका गुलाव साह खातुन र प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेका परिवारलाई जनही २ लाख ५० हजार रुपैयाँको दरले राहत उपलब्ध गराउने जानकारी गराएका हुन् ।
यस्तै प्रहरीको गोली लागेर मृत्यु भएका संजय भनिने वुद्धिराज न्यौपानेका परिवारका एक जना सदस्यलाई योग्यता एवं दक्षता अनुसार रोजगारी समेत उपलब्ध गराउने प्रतिवद्धता नगरप्रमुख कार्कीले जनाएका छन्।
मृतक बालिका गुलाब साह खातुन र संजय न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरप्रमुख कार्कीले मृतक परिवारप्रति संवेदना प्रकट समेत गरेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij