Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

नेपालले गुमायो ६ विकेट

नेपालले गुमायो ६ विकेट


  • 2.8K
    Shares

    • images
    नेपालले गुमायो ६ विकेट
    images

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियासँग खेलिरहेको नेपालले ६ विकेट गुमाएको छ। सोमपाल कामी दुई रनमा आउट भएसँगै नेपालले ६ विकेट गुमाएको हो। 

    पावर प्ले खराब सुरुवात गरेका नेपालका लागि कुशल मल्ल र भीम सार्कीले पछिल्लो १० ओभरमा ४६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। नेपाल एक समय ९.३ ओभरमा ४–२१ को अवस्थामा थियो। 

    पाँचौँ विकेटका रुपमा नेपालले कुशल मल्ललाई गुमायो। कुशल २० औँ ओभरको पाचौँ बलमा १५ रन बनाउँदा क्याच आउट भए। 

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले २० ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा ६८ रन बनाएर खेलिरहेको छ। क्रिजमा भिम सार्की ३७ र सोमपाल कामी शुन्य रनमा अविजित छन्। 

     

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८० बिहिवार - ११:१८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij