Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

ग्लोबल आइएमई बैंकको अफरः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा

ग्लोबल आइएमई बैंकको अफरः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा


  • 4.0K
    Shares

    ग्लोबल आइएमई बैंकको अफरः १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा
    images

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । 

    बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नेछन् । 

    यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् । 

    बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रहीे आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । देशभर ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरूबाट यो सुविधा उपभोग गर्न सकिनेछ ।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - १७:३९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij