Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

रुसी सेनामा रहेका नेपालीको सकुशल उद्धार गर्न विश्वप्रकाश शर्माको माग

रुसी सेनामा रहेका नेपालीको सकुशल उद्धार गर्न विश्वप्रकाश शर्माको माग


  • 2.4K
    Shares

    रुसी सेनामा रहेका नेपालीको सकुशल उद्धार गर्न विश्वप्रकाश शर्माको माग
    images

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा रहेका नेपालीहरूको अविलम्ब उद्धार गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । 

    बैठकमा सहभागी गृहमन्त्री श्रेष्ठलाई सांसद शर्माले आफूले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको तर संसद् बैठकमा बोले पनि सुनुवाइ नभएको बताए ।  उनले एक दर्जन बढी नेपालीको ज्यान गएको र फेरि ३ जना पक्राउ परेको विवरण आएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

    साथै कोभिडपछि नेपाल भारतबिच रहेका सबै नाका सञ्चालनमा आएपनि पूर्वको काँकडभिट्टा नाका भने अझै सञ्चालनमा नआउँदा राजस्व र पर्यटन क्षेत्रमा प्रभाव परेको शर्माले बताए ।

     

    प्रकाशित मिति :माघ २८ २०८० आइतवार - १३:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij