Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने


  • 2.0K
    Shares

    मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने

    भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन् । भरतपुरमा पार्टी कार्यकर्ताले आज आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए ।

    उनले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै गर्छ पाइला बढ्दै गर्छन् ।” 

    उनले आफूलाई विश्वास गरेर मत दिएकामा मतदाताहरुलाई धन्यवादसमेत दिए । निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगरी चुनाव लडेको भन्दै उनले आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

    “हामी आफैँ सक्षम छौँ, हामी गर्न सक्छौँ”, उनले भने, “निर्वाचनको समयमा कसैको एक रुपैयाँ खर्च नगराई चुनाव लडेका हौँ । आज पनि पैसा तिरेर वनभोजमा सहभागी भएको छु ।”

    प्रकाशित मिति :माघ २८ २०८० आइतवार - ०८:१७:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij