Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

युवती भर्जिन हुन् कि होइनन् भनेर थाहा पाउने यस्ता छन् तरीका ?

युवती भर्जिन हुन् कि होइनन् भनेर थाहा पाउने यस्ता छन् तरीका ?


  • 15.4K
    Shares

    युवती भर्जिन हुन् कि होइनन् भनेर थाहा पाउने यस्ता छन् तरीका ?
    images

    भनिन्छ, भर्जिन युवतीले पिसाब फेर्दा आवाजसहित सिधा छिर्का जान्छ भने विवाहित तथा यौनसम्पर्क राखेका युवतीमा त्यस्तो आवाज आउँदैन । के यसमा सत्यता छ ?

    महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद (Hymen) भनिन्छ ।

    पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए–नभएको आधार बनाइन्थ्यो । यसको प्रमाणका लागि विवाहको पहिलो रात सेतो तन्नामा सुत्नुपर्ने चलन चलाइएको थियो ताकि रगतको दाग स्पष्ट देखियोस् ।

    कौमार्यताको परीक्षण

    कुमारी केटीको पिसाब जहिले पनि निर्मल हुनुपर्ने र धमिलो हुन नहुने मानिन्छ । त्यसैगरी कुमारी केटीको स्तनको मुन्टो माथितिर फर्किएको हुनुपर्ने मान्यता छ । यद्यपि यी कुराको केटीको कौमार्यतासँग कुनै सम्बन्ध हुँदैन ।

    कुनै–कुनै केटीको योनिच्छद जन्मजात नै नहुन सक्छ वा यसको राम्रोसँग विकास नै नभएको हुनसक्छ भने यौनसम्पर्कबाहेकका अन्य क्रियाकलापले पनि यसलाई पहिले नै च्यातिदिएको हुन सक्छ । महिलाहरूमा योनिच्छद च्यातिने जस्ता शारीरिक प्रमाण भएको भनिएको स्थितिमा त अहिले आएर पक्का शारीरिक सम्बन्ध राखे–नराखेको भन्न सकिने स्थिति छैन ।

    पिसाबको धारा र कुमारित्व

    केटीको पिसाबको निर्मलता एउटा विधि भए पनि पिसाबको धाराको सन्दर्भमा पनि अनेक घारणा पाइन्छ । अक्षतयोनि केटीको पिसावको धारा बच्चाको जस्तै हुनुपर्ने मानिन्छ ।

    विशेष गरेर केटाको सन्दर्भमा यौनसम्पर्कपश्चात केही वीर्य मूत्रनलीमा रहँदा पिसाबको धारा राम्रोसँग नआई छरिएर आउन सक्छ । केटीमा पनि यस्तै केही हुन्छ होला भन्ने सोचले यस्तो अवधारणा आएको हुनसक्छ ।

    कुमारित्वको सामाजिक निगरानी

    विचार गर्नुपर्ने कुरा के भने घर परिवार, छर–छिमेक अनि समाजले यस्ता सम्भावित सम्बन्धलाई जहिले पनि नियालिरहेको हुन्छ । आफ्नो कसैसँगको सामिप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुन सक्छन् । कसैले भयादोहन गर्न खोज्यो भने स्थिति कस्तो हुन्छ भनेर पनि विचार गर्नुपर्छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १४:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij