Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बम विस्फोट गराएको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ

बम विस्फोट गराएको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ


  • 6.7K
    Shares

    बम विस्फोट गराएको आरोपमा विप्लवका दुई कार्यकर्ता पक्राउ

    उदयपुर । ताप्ली गाउँपालिकाको कार्यालयमा बम विस्फोट गराएको आरोपमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन् ।

    ताप्ली गाउँपालिका-५ रुपमाटारका गौरबहादुर देवकोटा र ताप्ली गाउँपालिका-१ ओख्ले घर भएका रितु विकलाई प्रहरीले पक्राउ गरेको विप्लवका उदयपुर जिल्ला इन्चार्ज विजय रामले जानकारी दिए।

    विक जिल्ला समिति सदस्य हुन भने देवकोटा हाल विप्लव समुहमा आवद्ध रहेका छैनन् । प्रहरीले के को लागि किन पक्राउ गरेको आफुहरुलाई थाहा नभएको इन्चार्ज विजयले बताए ।

    ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले गत शनिवार बम विस्फोट गराएको थियो । घटनामा संलग्नहरुको खोजी जारी राखेको प्रहरीले अनुसन्धानको लागि नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीम दाहालले बताए ।

    बम विस्फोटले गाउँपालिकाको कार्यालयको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको थियो ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १२:३४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij