Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

कक्षा १० मा पढ्ने किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई किशोर पक्राउ

कक्षा १० मा पढ्ने किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई किशोर पक्राउ


  • 3.8K
    Shares

    कक्षा १० मा पढ्ने किशोरीको पेटमा ६ महिनाको गर्भ, दुई किशोर पक्राउ
    images

    काठमाडौँ । दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ। 

    किशोरीलाई बलात्कारमा गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन्। 

    किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन्। पक्राउ पर्ने किशोर पनि किशोरी पढ्नै स्कुलकै विद्यार्थी भएका प्रहरीले जनाएको छ। 

    'किशोरी गएको असारदेखि नै बलात्कारमा परेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले मंगलबार बिहान भने, ‘किशोरीले आफ्ना साथी (पक्राउ परेका किशोर)सँगको सम्बन्धबाट आफू गर्भवती भएको बयान दिएकी छन्। अनुसन्धानका क्रममा हामीले चौधरीलाई पनि पक्राउ गरेका हौँ।’

    प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन्। होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन्।

    ‘चार दिनपछि उनी आफैँ परिवारको सम्पर्कमा पुगेकी रहिछन्। अभिभावकले कहाँ गएकी थिइस् भनेर खोजी गर्ने क्रममा उनले आफू अप्ठ्यारो अवस्थामा रहेको जानकारी गराएपछि अभिभावक बलात्कारको किटानी जाहेरी लिएर प्रहरी कार्यालयमा आएका हुन्,’ डीएसपी मल्लले भने, ‘हामी घटनाको अनुसन्धानको क्रममा छौँ।’ 

    उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। ‘किशोरीकी आमाले जाहेरी दिनु भएको छ। सोही जाहेरीको आधारमा हामीले आरोपीलाई पक्राउ गरेका हौँ,’ उनले भने। 

    पक्राउ परेका दुबै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन्। 

    प्रकाशित मिति :माघ २३ २०८० मंगलवार - १०:२९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij