२०८२ भाद्र २ गते सोमवार
ललितपुरको नख्खुदोबाटोमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् ।
गएराति करिब साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३–०२–०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भएर हाल ललितपुर महानगरपालिका–४ बागडोल बस्ने ३७ वर्षका गणेशप्रसाद अधिकारीको मृत्यु भएको महानगरीय ट्राफिक परीसर ललितपुरका प्रमुख भोलामान सिंह अधिकारीले बताए ।
मोटरसाइकलको पछाडि बसेका ललितपुरका २५ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालक जिल्ला सिन्धुपाल्चोक बस्ने वर्ष ३३ का शुकुलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij