Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

भेरी नदीको खोंचमा बेवारिसे शव भेटियो

भेरी नदीको खोंचमा बेवारिसे शव भेटियो


  • 2.7K
    Shares

    भेरी नदीको खोंचमा बेवारिसे शव भेटियो
    images

    काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराइका अनुसार नदिको खोंचमा अड्किएको अवस्थामा शव फेला परेको हो । उनका अनुसार अन्दाजी वर्ष ४० को देखिने, उचाइ ५ फिट ६ इन्च भएको, मोटो शरीर भएको व्यक्तिको शव फेला परेको हो ।

    उक्त शवको औंलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरीरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरीरको भागमा नीलो रङको फुल ट्रयाक रहेको डिएसपी भट्टराईले जानकारी दिए ।

    उक्त शवको पहिचान हुन सकेको छैन । उक्त शवको घटनास्थल लाश जाँच प्रकृति मुचुल्का कार्य पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको छ ।

    प्रकाशित मिति :माघ १८ २०८० बिहिवार - १५:२०:२५ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # शव

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij