Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

संयुक्त राष्ट्रसंघले ५२ लाख सोमालीलाई सहयोग गर्न १.६ अर्ब अमेरिकी डलर खोज्दै

संयुक्त राष्ट्रसंघले ५२ लाख सोमालीलाई सहयोग गर्न १.६ अर्ब अमेरिकी डलर खोज्दै


  • 1.8K
    Shares

    संयुक्त राष्ट्रसंघले ५२ लाख सोमालीलाई सहयोग गर्न १.६ अर्ब अमेरिकी डलर खोज्दै

    संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले सोमबार सोमालियामा सन् २०२४ मा ५२ लाख मानिसको आवश्यकता पूरा गर्न १।६  अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । यो रकम गत वर्ष  सन् २०२३ को तुलनामा झण्डै ४० प्रतिशतले घटेको देखिएको छ।

    मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए)ले सोमालियामा मानवीय सहायताको खाँचोमा परेका मानिसहरूको सङ्ख्या सन् २०२३ मा ८२ लाख रहेकोमा सन् २०२४ मा ६९ लाखमा झरेको बताएको छ।

    बढ्दो सुख्खापन, बाढी, द्वन्द्व र असुरक्षाका साथै  व्यापक गरिबी एवं रोगको प्रकोप जस्ता जलवायु परिवर्तनका घटनाहरूका कारण सन् २०२४ मा सोमालियामा मानवीय आवश्यकताहरू उच्च रहने पनि एजेन्सीले जनाएको छ ।

     यसै बीच एजेन्सीले देशका १० जिल्लाहरूमा विभिन्न प्राकृतिक प्रकोपबाट सृजित समस्यालाई समाधान गर्न एकीकृत प्रतिक्रियालाई प्राथमिकता दिइने बताएको छ । 

    एजेन्सीले विकास र अन्तरराष्ट्रिय वित्तीय साझेदारहरूसँग विभिन्न समस्याको दीर्घकालीन समाधान, पानी व्यवस्थापनसँग जोडिएका विपद् जोखिम न्यूनीकरण  र सामाजिक सुरक्षा ढाँचाका बारेमा समस्या निराकरण गर्ने बारे योजना बन्न लागेको बताएको छ ।  

    एजेन्सीले सन् २०२३ अक्टोबरदेखि डिसेम्बरका बीचमा भारी वर्षा र बाढी निम्त्याउने एल निनो घटना जारी रहने प्रक्षेपण गरेको छ जसले गर्दा मार्च र अप्रिलको शुरुमा सामान्य माथि वर्षा हुने सम्भावना छ। संयुक्त राष्ट्रसंघ सोमाली जल र भूमि सूचना व्यवस्थापनको खाद्य तथा कृषि सङ्गठन द्वारा यस्ता अनुमान सार्वजनिक हुने गरेका छन् ।

     

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - ०८:२८:२६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij