Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १५०० मोटरसाइकल राख्न सकिने 

धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १५०० मोटरसाइकल राख्न सकिने 


  • 2.2K
    Shares

    धरहराको पार्किङ भवनमा उपलब्ध गराइएको ठाउँमा १५०० मोटरसाइकल राख्न सकिने 
    images

    काठमाडौँ । न्युरोड जाने सवारी धनीहरूका लागि काठमाडौँ महानगरपालिकाले २ हजार २ सय वटा २ पाङ्ग्रे र ७ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान नि:शुल्क उपलब्ध गराएको छ । यो सङ्ख्या साबिक न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङको सङ्ख्याभन्दा धेरै हो । 

    अहिले धरहराको पार्किङ भवनमा उपलब्ध गराएको स्थानमा मात्र पनि १ हजार ५ सय २ पाङ्ग्रे सवारी साधन अट्न सक्छन् । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजु नाथ पाण्डे भन्छन्,‘यससँगै काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा ७ सय वटा २ पाङ्ग्रे र ३ सय वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने स्थान उपलब्ध गराइएको छ । यो नि:शुल्क पार्किङ सेवा हो । यसबाहेक नयाँ सडकमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनहरू छन् । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिन्छ ।’ पाण्डेका अनुसार आज धरहराको पार्किङ भवनमा करिब ९ सय जना सवारी चालकले नि:शुल्क पार्किङको सेवा लिए ।

    महानगरपालिकाका सडक सुरक्षा विज्ञ प्रशान्त खरेल अनुसार न्युरोडको कालोपत्रे सडकमा १ हजार ३ सय वटा २ पाङ्ग्रे र ३० वटा ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्थ्यो । जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको कालोपत्रे सडकमा ३ सय वटा २ पाङ्ग्रे र ५ वटा ४ पाङ्ग्रे, प्युखामा १५० वटा २ पाङ्ग्रे र ६ वटा ४ पाङ्ग्रे, खिचापोखरीमा १५० वटा २ पाङ्ग्रे र १५ वटा ४ पाङ्ग्रे, वीर अस्पताल महाबौद्धमा १५० वटा २ पाङ्ग्रे सवारी पार्किङ गर्ने क्षमता थियो । त्यसैअनुरूप पार्किङ हुने गरेको थियो । 

    महानगरपालिकाले अहिले उपलब्ध गराएको स्थानमा मात्र पार्किङ गर्दा पनि नयाँ सडकको कालोपत्रे सडकलाई सहज आवागमनका लागि प्रयोग गर्न सकिन्छ । सडक किनारामा पैदल यात्रीले सहजतापूर्वक हिँड्न पाउने खरेलको भनाइ छ ।कालोपत्रे सडकलाई सवारी आवागमनका लागि मात्र प्रयोगमा ल्याउन महानगरपालिकाले यस्ता ठाउँलाई पार्किङ निषेध गरिरहेको छ । यस क्रममा माघ ९ गतेदेखि न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो । यस्तै बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ ।  

     

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - ०८:१६:४४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij