Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

युवाहरूबीच ग्याङ फाइट हुदा एक जनाको हत्या

युवाहरूबीच ग्याङ फाइट हुदा एक जनाको हत्या


  • 2.0K
    Shares

    युवाहरूबीच ग्याङ फाइट हुदा एक जनाको हत्या

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८ बेनीको क्याम्पसचोकमा अन्धाधुन्ध खुकुरी प्रहारबाट एक यूवाको मृत्यु भएको छ । बिहिबार साँँझ करिब साढे ६ बजे खुकुरी प्रहारबाट रघुगंगा गाउँपालिका–१ बेगका घर भई हाल बेनी नगरपालिका–८पिपलचोकबस्ने २२ बर्षिय शुशिल गर्वुजाको मृत्यु भएको हो ।

    घटनामा मृतकका साथी बेनी नपा–६ अथुङ्गेका अनुराग शाहीको समेत हातमा चोट लागेको छ । सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीको कामना डेभलपमेन्ट बैंक नजिकै रहेको भित्री गल्लीमा जमकाभेट भएको थियो ।

    युवाहरुबीच झगडामा एक्कासी खुकुरीले थातीमा प्रहार भएपछि शुशिल गर्बुजा गम्भीर घाईते भएका थिए । मृतक यूवा सहितको टोली सवार मोटरसाइकललाई अर्को टोलीले घेरेर प्रहार गरेको बताइएको छ । प्रहरीले घटनामा संंलग्नहरूको खोजीकार्य भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :माघ १२ २०८० शुक्रवार - १०:४५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij