२०८२ माघ १० गते शनिवार
काठमाण्डौ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एलएस (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
उक्त सम्झौता-पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधुत आयोजना छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij