२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आगामी माघ २२ गते सोमबारका लागि अधिवेशन आह्वान गरेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij