Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विधि पुर्याउन नसकेपछि बादल सहितका नेतालाई प्रचण्डले कारबाहीको डण्डा बर्साउन सकेनन् 

विधि पुर्याउन नसकेपछि बादल सहितका नेतालाई प्रचण्डले कारबाहीको डण्डा बर्साउन सकेनन् 


  • 6.9K
    Shares

    विधि पुर्याउन नसकेपछि बादल सहितका नेतालाई प्रचण्डले कारबाहीको डण्डा बर्साउन सकेनन् 

    काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउने भएको छ ।

    हिजो सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

    पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्नसमेत उठ्न सक्ने भएकोले विधि पुर्‍याउन औपचारिक पत्र पठाइन लागिएको हो ।

    सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

    पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :चैत्र १ २०७७ आइतवार - १६:०७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij