Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम

भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम


  • 3.3K
    Shares

    भिजिट भिसामा विदेश जानेहरुका लागि आजदेखि नयाँ नियम

    काठमाडौं । भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो ।

    गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ ।

    नयाँ कार्यविधिअनुसार भ्रमण र पर्यटकीय भिसामा विदेश जानेहरूका लागि राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले व्यवस्था गरेको कागजात, भ्रमणको खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाणपत्र र फर्किने स्वघोषणको कागजात चाहिनेछ ।

    अध्यागमन विभागले घुम्न र परिवार भेट्न विदेश जानेहरूले सेटिङको नाममा बिचौलियालाई पैसा नबुझाउन, भ्रमण र पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित काम नगर्न आग्रह गरेको छ । भिजिट र पर्यटक भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने कार्यविधिमा उल्लेख छ ।

    विदेश जानुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राख्न विभागको आग्रह छ ।

    1.jpg

    2.jpg

    2.webp

    3.jpg

    4.jpg

    5.jpg

    प्रकाशित मिति :माघ १० २०८० बुधवार - ११:५६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij