२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । भिजिट भिसामा विभिन्न देश जान लागेका ८४ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फिर्ता गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता गरिएको बताए।
भिजिट भिसाको बहानामा विभिन्न देश जान लागेका तर भिसाको प्रक्रिया नमिलेकालाई फिर्ता गरिएको हमालले बताए। उनीहरु दुवई, कतार, बहराइन लगायतका देशमा जान लागेका थिए।
भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij