Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

३१ अंकले घट्यो नेप्से , ६ अर्ब बराबरको कारोबार

३१ अंकले घट्यो नेप्से , ६ अर्ब बराबरको कारोबार


  • 2.4K
    Shares

    ३१ अंकले घट्यो नेप्से , ६ अर्ब बराबरको  कारोबार
    images

    काठमाडौं । नेप्से परिसूचक सोमबार ३१.४९ अंक घटेर बन्द भएको छ । आइतबार २५.६३ अंकले घटेको बजार दुई दिनमा ५७ अंक घटेको छ ।

    समग्र बजार १.४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यस दिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ । घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

    हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

    कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ ।

    आज सर्वाधिक परसूचक घट्नेमा हाइड्रोपावर समूहको परिसूचक घटेको छ । यो समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १५:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij