२०८२ भाद्र २२ गते आइतवार
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को खुद नाफा सामान्य घटेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक -निफ्रा_ को खुद नाफा सामान्य घटेको छ। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६८ करोड ९९ लाख ८३ हजार रुपैयाँ छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ३६ करोड रुपैयाँ छ । गत वर्षको यस अवधिमा यस्तो आम्दानी १ अर्ब ३२ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी ५१.२९ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.३६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ करोड २५ लाख रुपैयाँबाट बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ४९ लाख रुपैयाँ रहको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ७१ पैसा घटेर ६ रुपैयाँ ३९ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा रहेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij