Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

दोस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब ५ करोड, प्रतिसेयर आम्दानी कति ?

दोस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब ५ करोड, प्रतिसेयर आम्दानी कति ?


  • 2.2K
    Shares

    दोस्रो त्रैमाससम्ममा लक्ष्मी सनराइज बैंकले कमायो १ अर्ब ५ करोड, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ५ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरेको छ । 

    बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस अवधीसम्ममा बैंकले  १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत वर्षको यसै अवधिको भन्दा १.६६ प्रतिशतले कम हो । गत वर्ष बैंकले १ अर्ब ७ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    यता, बैंकको नाफा घटेसंगैं सञ्चालन नाफा पनि घटेको छ । ६ महिनाको अवधीमा बैंकको सञ्चालन नाफा भने १ अर्ब ४९ करोडबाट घटेर १ अर्ब ४४ करोडमा झरेको छ । 

    यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ५७ करोड ३० लाखबाट बढेर २ अर्ब ७३ करोड २६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा घट्दा र इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा दबाब परेको हो । यस अवधीसम्ममा बैंकको वितरणयोग्य नाफा पनि ऋणात्मक रहेको छ ।   

    हाल यस बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ अर्ब २६ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५१ पैसाले घटेर ९ रुपैयाँ १४ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १६६ रुपैयाँ ६२ पैसा रहेको छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - ०७:५२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij