Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक

यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक


  • 2.2K
    Shares

    • images
    यी पाँच चिजसँग बिर्सेर पनि नखानुहोस् दुध, स्वास्थ्यका लागि खतरनाक
    images

    काठमाडौँ । जून १ मा विश्व दुध दिवस मनाइन्छ । दुधमा हरेक प्रकारको पोषक तत्व पाइन्छ र यो स्वास्थ्यका लागि निकै आवश्यक पनि छ । दुधका फाइदाप्रति मानिसलाई जागरुक गराउनका लागि विश्व दुध दिवस मनाइन्छ । दुधलाई मानिसहरुले आ–आफ्नै तरिकाले पिउने गर्छन् । कसैलाई साधा दुध पिउन मनपर्छ भने कतिलाई दुधमा केही फ्लेवर मिसाएर खान मनपर्छ । विशेषज्ञका अनुसार केही खानेकुरासँग दुध खानुहुँदैन किनभने यो स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔँ ।

    माछासँग दुधः

    दुध चिसो प्रकृतिको खाना हो जबकी माछा खाँदा शरीरको तापक्रम बढ्ने गर्छ । यो मिश्रणले शरीरमा असन्तुलन पैदा गर्छ र यसका कारण शरीरमा केमिकल परिवर्तन आउन थाल्छ । माछा–मासुसँग दुध पिउँदा पाचन सम्बन्धि समस्या हुन थाल्छ र पेट भारी हुने गर्छ ।

    केरा–दुधः

    धेरै मानिसहरु दुध र केराको सम्मिश्रणलाई निकै स्वस्थ मान्छन् तर स्वास्थ्य विज्ञ यो कुरासँग सहमत छैनन् । उनीहरुका अनुसार केरा र दुध एकैपटक खाँदा निकै भारी महसुस हुन्छ र यो पचाउन निकै लामो समय लाग्छ । यी दुई एकैपटक खाँदा धेरै थकाई लाग्छ । त्यसैले दुध र केरालाई छुट्टा–छुट्टै समयमा खानुपर्छ ।

    फलसँग दुध नखानुहोस्ः

    धेरैजसो फलसँग दुध पिउनु पनि स्वास्थ्यका लागि हानिकारक हुने गर्छ । दुधले पेट सफा गर्ने काम गर्छ जबकी फलमा प्राकृतिक नुन र पानी हुन्छ जसले पिसाबमार्फत् मृगौला सफा राख्ने काम गर्छ । यी सँगै खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र शरीरमा टक्सिन बढ्न सक्छ । यसका कारण बान्ता हुने समस्या पनि हुनसक्छ । त्यसैले दुधसँग फलफूल छुट्टा छुट्टै खानुहोस् ।

    मुला र दुधः

    आयुर्वेदका अनुसार मुला खाएलगत्तै दुध पिउनु हुँदैन किनभने मुलाको प्रकृति तातो हुन्छ र दुधसँगै खाँदा पेटमा जलन हुनसक्छ । दुध र मुलाको सेवन छुट्टा–छुट्टै गर्नुपर्छ किनभने एकैपटकको सेवनले पाचन प्रक्रियामा अवरोध पुर्याउन सक्छ । विशेषज्ञका अनुसार मुला वा यसबाट बनेको खाना खाएको कम्तीमा दुई घण्टापछि मात्रै दुध पिउनुहोस् ।

    दुधसँग अमिलो खानेकुराः

    विशेषज्ञका अनुसार दुधमा अमिलो वा एसिडिक चिज मिसाउनु हुँदैन । भिटामिन सीयुक्त खानेकुरा पनि दुधसँग खानु हुँदैन । दुध पच्न समय लाग्छ । दुधसँग कागती वा कुनै अमिलो फल खाँदा नाक बन्द हुने, खोकी लाग्ने र एलर्जी पनि हुनसक्छ ।

     

    प्रकाशित मिति :माघ ३ २०८० बुधवार - १४:०९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij