Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ईपीएस कोरियाको भाषा परीक्षाकाे मिति सर्‍याे, कहिले गर्ने छ सूचना जारी ?

ईपीएस कोरियाको भाषा परीक्षाकाे मिति सर्‍याे, कहिले गर्ने छ सूचना जारी ?


  • 3.8K
    Shares

    ईपीएस कोरियाको भाषा परीक्षाकाे मिति सर्‍याे, कहिले गर्ने छ सूचना जारी ?

    काठमाडौं । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ ।

    जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

    घिमिरेले भने, ‘प्राविधिक समस्याका कारण केही ई-मेलमा समस्या आएकोले केही समय सारीएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले समय सारिएको हो ।’

    कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।

    हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो ।

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - १७:२९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij