Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तातिव लाभांश पारित

लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न, प्रस्तातिव लाभांश पारित


  • 2.3K
    Shares

    लुम्बिनी विकास बैंकको साधारण सभा सम्पन्न,  प्रस्तातिव लाभांश पारित
    images

    काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

    साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिबेदन पारित गरी आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गरेको छ । शेयरधनीहरुलाई ४.५० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर सहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराई ज्यूको अध्यक्षतामा सम्पन्न साधारण सभामा आ.व. २०७९/८० को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राख्नुभएका जिज्ञासामा अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले प्रष्ट पारेका थिए । 

    देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । 

    यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती निक्षेप खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

    प्रकाशित मिति :पौष २७ २०८० शुक्रवार - १०:३०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij