२०८२ भाद्र १९ गते बिहिवार
आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा विस्तृत मुद्राप्रदाय १४.४ प्रतिशतले बढेको छ, जुन २०७९ मंसिरमा ७.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.२१० अर्ब ५९करोड (१४.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.४५ अर्ब ८७ करोड (४.१ प्रतिशत) ले बढेको थियो ।
पाँच महिनाको अवधिमा सञ्चित मुद्रा १.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा २.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा सञ्चित मुद्रा १०.० प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij