२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत १ खर्ब २७ अर्ब निक्षेप संकलन गरेको छ । राष्ट्र कैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तिय स्थितको तथ्याङ्क अनुसार निक्षेप संकलन बोलकबोलमार्फत रु. १ खर्ब २७ अर्ब २५ करोड तरलता प्रशोचन गरेको हो ।
यस्तै, ५ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड रओभरनाइट तरलता सुविधामार्फत रु.२८९ अर्ब ५१ करोड गरी कुल रु.२९० अर्ब ७१ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरुमार्फत खुद ३० खर्ब ७ अर्ब ७५ करोड तरलता प्रवाह गरिएको थियो ।
त्यसैगरी, समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब २८ करोड खुद खरिद गरी ३०२ अर्ब ८९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी रु.२७४ अर्ब ३५ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड बिक्री गरी रु.१८० अर्ब ८६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ८२ करोड बिक्री गरी रु.२३५ अर्ब ३४करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij