Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.६ प्रतिशतले बढ्यो 

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.६ प्रतिशतले बढ्यो 


  • 2.5K
    Shares

    बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४.६ प्रतिशतले बढ्यो 
    images

    काठमाडौ ।  आर्थिक वर्ष २०८०/८१ को पाँच महिनाको  अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२ खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१ खर्ब ११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको थियो ।

    यस्तै, वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ ।

    २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो।

    २०८० मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश
    ३६.७ प्रतिशत रहेको छ । २०७९ मंसिर मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको थियो।

    प्रकाशित मिति :पौष २७ २०८० शुक्रवार - ०९:२२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij