२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा कुल आन्तरिक कर्जा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ३.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा यस्तो कर्जा ८.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी ३.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा यस्तो दावी २६.४ प्रतिशतले बढेको छ ।
त्यस्तै समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ३.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मंसिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.३ प्रतिशतले बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij