२०८२ भाद्र ८ गते आइतवार
पिरो धेरै खाएकै कारण अरुबाट यस्तो खानेकुराले स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्दै नखाने सल्लाह पनि खुबै पाउनुभएकै होला । तर, पिरोका पारखीहरुलाई खुसीको खबर पनि छ । अध्ययनले पिरोले खानालाई स्वादिलो मात्र बनाउने नभएर मानिसको स्वास्थ्यमा पनि फाइदा गर्ने देखाएको छ । उक्त अध्ययनका अनुसार यस्ता छन् पिरो खानेकुराका फाइदाहरुः
तौल कम गर्छः
यदी तपाईं मोटो हुनुहुन्छ भने पिरो खानेकुरा तपाईंको लागि निकै फाइदाजनक हुनसक्छ । किनभने यसले तपाईंको शरीरमा भएको अतिरिक्त तौल घटाउन मद्दत गर्छ । खुर्सानीमा भएको क्यापसाकिन कम्पाउण्डले थर्मोजेनिक प्रभाव शरीरमा गर्दछ जसले तपाईंको खानाले प्रदान गर्ने क्यालोरीभन्दा बढी क्यालोरी नष्ट गर्दछ ।
क्यान्सर रोक्छः
अध्ययनका अनुसार क्यापसाकिनले केही क्यान्सरका कोषहरुलाई पनि नष्ट गर्दछ । यसको साथै यसले रुघा खोकी नियन्त्रण गर्न मद्दत गर्दछ ।
मुटुलाई स्वास्थ राख्छः
खुर्सानीले मुटुसम्बन्धि जोखिमलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई नष्ट गर्दछ र हृदयघात र स्ट्रोकको जोखिमलाई न्यूनिकरण गर्दछ । यसले मुटुलाई सुन्निनु पनि दिँदैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij