Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने


  • 2.6K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल शारामा २५ प्रतिशतसम्म छुट पाउने
    images

    काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बिच सम्झौता भएको छ । 

    बैंक र होटल शाराबिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

    सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् ।

    सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

    यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - ०८:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij