Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता ३ मध्ये महिलाकाे शव निकालियो

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता ३ मध्ये महिलाकाे शव निकालियो


  • 6.3K
    Shares

    बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्यो, बेपत्ता ३ मध्ये महिलाकाे शव निकालियो

    आज (बिहीबार) बिहान मुग्लिननजिक त्रिशूली नदीमा खसेको जिप फेला परेको छ। 

    त्यहाँबाट शव निकाल्ने क्रम जारी रहेको चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नान्तीराज गुरुङले जानकारी दिए।

    घटनास्थलमा रहेका उनले भने, ‘भर्खरै एक महिलाको शव निकालिएको छ, अन्यको निकाल्ने काम जारी छ। म घटनास्थलमै रहेकाले थप कुरा गर्न अहिले सक्दिनँ।’

    प्युठानबाट काठमाडौं आउँदै गरेको लु १ च ९७३१ नम्बरको जिप बिहीबार बिहान मुग्लिनभन्दा करिब २ किलोमिटर वर त्रिशूलीमा खस्दा आमाछोरीसहित ३ जना बेपत्ता भएका थिए। तीमध्ये प्युठानको झिम्रुक गाउँपालिका–५ खहरेकी जमुना रोकाकाे शव निकालिएकाे हाे। अब गाडीका चालक सूर्य केसी र ती महिलाकी ११ वर्षीया छोरी निकाल्न बाँकी छ। 

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - ०९:०६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij