Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २४ करोड बराबरको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २४ करोड बराबरको कारोबार


  • 2.2K
    Shares

    सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २४ करोड बराबरको कारोबार
    images

    काठमाडौं।आइतबार सेयर बजार परिसूचक नेप्से २६ दशमलव ३६ अंकले घटेर २ हजार २२ दशमलव ९२ विन्दुमा कायम भएको छ । 

    आज ३ सय ४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३ सय ९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन नेप्से इन्डेक्स १ दशमलव २८ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव २४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ प्रतिशत गिरावट आएको छ ।

    सकारात्मक सर्किट लागेका कम्पनीहरु :
    आज सेयर बजारमा गिरावट आउँदा तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी, धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

    कुन कम्पनीको कति कारोबार ?
    सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २८ करोड ५६ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको १९ करोड ९४ लाख ४३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

    त्यस्तै उक्त दिन माउन्टेन इनर्जीको १५ करोड ९० लाख २ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ६८ लाख ७७ हजार रुपैयाँ र सिनर्जी पावर डेभलपमेन्टको ११ करोड ९२ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

    प्रकाशित मिति :पौष २२ २०८० आइतवार - १६:०१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij