Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ

यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ


  • 3.4K
    Shares

    यू-१९ विश्वकप खेल्न जाने टिमको बिदाइ

    आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ।

    नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको थियो।

    उक्त टोलीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्‍का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्का सहितले बिदाइ गरेका हुन्। 

    यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुने तालिका छ।

    नेपाली टोली : 

    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुभास भण्डारी, दीपक बोहरा, उत्तमरंगु थापा, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द। 

    प्रकाशित मिति :पौष २० २०८० शुक्रवार - १२:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij