२०८२ भाद्र २ गते सोमवार
धनकुटा । महालक्ष्मी नगरपालिका–२ का वडाध्यक्ष पदम रखाल मगरले आफुले पाउँने पैसाबाट विद्यार्थीलाई पोशाक किनिदिएका छन् । सेवा सुविधा बापत आफूले पाउँने तीन महिनाको पैसाबाट वडाध्यक्ष मगरले महालक्ष्मी–२ सान्नेटारस्थित ऐश्वर्य आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक किनिदिएका हुन् ।
बुधबार कार्यक्रम गरेर वडाध्यक्ष मगरले विद्यार्थीहरुलाई पोशाक वितरण गरेका छन् । उनले सो विद्यालयमा अध्ययनरत ३८ जना विद्यार्थीलाई ट्राकसुट र टिसर्ट वितरण गरेका हुन् । वडाध्यक्षका हिसावले राज्यले दिएको सेवा सुविधाबाट सामाजिक काम गरौं भन्ने उद्धेश्यले विद्यार्थीलाई प्रोत्साहनका लागि पोशाक वितरण गरेको वडाध्यक्ष मगरले जानकारी दिए ।
जाडोयाममा विद्यार्थीलाई न्यानो बनाउँन कपडा प्रदान गरेको उनी बताउँछन् । विद्यार्थी संगठनको राजनीति गर्दै आएका मगर गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij