Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट

आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट


  • 7.0K
    Shares

    आईपीओ आवेदनका लागि अब छुट्टै वेबसाइट

    काठमाडौं । शेयरमा लगानी गर्नेको संख्या बढेसँगै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले आईपीओ भर्न छुट्टै वेबसाइट बनाउने भएको छ ।

    छुट्टै वेबसाइटमार्फत प्रयोगकर्तालाई सहज रुपमा प्राथमिक शेयर निष्कासनमा आवेदन दिन मिल्ने बनाउने तयारी अघि बढाइएको हो ।

    हरेक दिन हजारौंको संख्यामा डिम्याट खाता खोलिएका छन् । पछिल्लो तथ्याङ्क अनुसार ३१ लाख ५८ हजार भन्दा बढीले डिम्याट खाता खोलिसकेको अवस्था छ ।

    यस्तोमा सीडीएससीको हाल सञ्चालनमा रहेको ‘मेरो सेयर’ वेबसाइटमा अत्यधिक भार पर्न थालेसँगै आईपीओको आवेदनकै लागि नयाँ वेबसाइटको तयारी भइरहेको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार सीडीएससको सब–डोमेनका रुपमा अब आउने नयाँ कम्पनीको आवेदनका लागि अलग्गै वेबसाइट तयार हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७७ शुक्रवार - १६:१६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij