Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

एक पुरुषको हत्या गरेर आधा जलेको अवस्थामा शव भेटियो

एक पुरुषको हत्या गरेर आधा जलेको अवस्थामा शव भेटियो


  • 2.7K
    Shares

    एक पुरुषको हत्या गरेर आधा जलेको अवस्थामा शव भेटियो
    images

    जनकपुरधाम । सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा हत्या गरेर जलाएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

    नदीमा अन्दाजी ३०/३५ वर्षीय पुरुषको परालले अधकल्चो जलाएको शव फेला परेको हो । शव पूर्णरुपमा जलेको छैन ।

    शव देखेपछि स्थानीयले ईलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी गराएको थियो । पहिचान खुल्न नसेको उक्त पुरुषको शव पोस्टमार्टमका लागि अस्पताल लगेको छ ।

    शवको भेटेको स्थानमा रगतका टाटाहरु देखिएको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारमा जलाउन खोजिएको प्रहरीको अनुमान छ ।

    वडाध्यक्ष भगलु महतोले घटना शंकास्पद रहेको बताए । उनले भने, ’स्वभाविक मृत्यु हो भने परालले लास जलाइदैन । लासलाई अधकल्चो छोडिदैन । यो घटना शंकास्पद छ ।’

    प्रकाशित मिति :पौष १३ २०८० शुक्रवार - १६:१६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij