Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय

नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय


  • 3.0K
    Shares

    नेपाल बैंकका शाखा प्रबन्धक कोइरालालाई बिगोसहित ६ वर्ष जेल सजाय
    images

    काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालाको सजाय निर्धारण गरिएको छ ।

    आज विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ५४ लाख ८४ हजार रुपैयाँ बिगो र उति नै जरिवाना तोकेको हो । साथै उनलाई ६ वर्ष १ महिना कैद सजाय तोकिएको छ ।

    विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागबमोजिम नै उनलाई सजाय भएको जानकारी दिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालामाथि बैंकको सिस्टम ह्याक गरेर बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो खातामा जम्मा गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो । उनीविरुद्ध अख्तियार ०७७ असार ३१ मा मुद्दा दर्ता गरेको थियो ।

    प्रकाशित मिति :पौष ११ २०८० बुधवार - १६:५०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij