२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनः स्थापना भए पनि प्रतिगामी षड्यन्त्र जारी रहेको बताएका छन् ।
आज बुटवलमा आयोजित राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा उनले पछिल्लो समय देशमा भएका परिघटनाले अनिष्ट हुने संकेत देखिएको पनि बताए ।
सर्वोच्च अदालतको पछिल्लो फैसलाले नेकपा एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएको थियो । उनले सर्वोच्चको फैसला जन्मिएको बच्चालाई गर्भमा फर्काउनेखालको भएको तर्क गरे ।
“जन्मिएको बच्चालाई फेरि आमाको पेटभित्र लैजाने भनेको के हो ? अझै के–के अस्वाभाविक घटना हेर्दै जानुपर्ने हो,” उनले आक्रोश पोखे ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij